काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। लगानीकर्ताको बिक्री दबाब बढेसँगै बजार दोहोरो अंकले ओरालो लागेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.१५ अंकले घटेर २६६३.१८ बिन्दुमा झरेको छ।
कारोबार भएका कम्पनीमध्ये ५८ वटाको सेयर मूल्य बढ्दा २१४ वटाको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। समग्र बजारमा गिरावट देखिए पनि केही कम्पनीका सेयरमा भने सकारात्मक प्रदर्शन देखिएको छ।
एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोपावर १०.०७ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर ५.२६ प्रतिशत, हिमालयन ४.६२ प्रतिशत र छ्याङदी हाइड्रोपावर ४.४४ प्रतिशतले बढेका छन्।
त्यसैगरि, खानीखोला हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४० करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सिद्वार्थ बैंकको १६ करोड ७७ लाख, नेशनल हाइड्रोपावरको १६ करोड ५७ लाख, सेन्ट्रल फाइनान्सको १४ करोड ९१ लाख, रिडी पावरको १३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
































