काठमाडौं । साताको कारोबारको मध्यदिन सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। बुधबार नेप्से परिसूचक ०.५५ अंकले उकालो लाग्दै २ हजार ६४२.४० विन्दुमा पुगेको छ।
आज बजारमा ८७ लाख १ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको मूल्य घटेको छ। यस्तै, ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। त्यस्तै, इमर्जिङ नेपालको ५.४८ प्रतिशत, एचआईडीसीएलको ४.९५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ४.१८ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर मूल्य ३.८५ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरि, एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३१ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख, सोलु हाइड्रोपावरको २२ करोड ६ लाख, खानीखोला हाइड्रोपावरको १० करोड ९९ लाख, ङादी ग्रुपको १० करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


































