काठमाडौं। सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन। सोमबार नेप्से परिसूचक ९.०४ अंकले घट्दै २६४१.०५ बिन्दुमा झरेको हो।
आज कुल १ करोड ९ लाख ५६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनी घटेका छन् भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
बढ्ने कम्पनीतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक, दरमखोला हाइड्रो, फर्स्ट माइक्रोफाइनान्स, अप्पर हेवाखोला हाइड्रोपावर र एसवाई प्यानल अग्रस्थानमा देखिएका छन्।
त्यसैगरि, सोलु हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४६ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
रिडी पावरको २९ करोड २७ लाख, फर्स्ट माइक्रो फाइनान्सको १२ करोड ४५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ९ करोड ५० लाख, आँखुखोला जलविद्युतको ८ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


































