National life
cg eloctronics

अवैध विदेशी मुद्रा र काँचो सुनसहित विदेशी नागरिक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1KShares
अवैध विदेशी मुद्रा र काँचो सुनसहित विदेशी नागरिक पक्राउ
ncell

इलाम - पूर्वी नाका काँकरभिट्टाबाट ठूलो परिमाणमा अवैध विदेशी मुद्रा र काँचो सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । मेची भन्सार कार्यालयको यात्रु शाखाले नियमित चेकजाँचका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट २० हजार अमेरिकी डलर, ८५ हजार ५ सय १० भारतीय रुपैयाँ तथा ५७० ग्राम काँचो सुन बरामद गरिएको छ।

बरामद गरिएको धातु सुन नै भएको पुष्टि सुनचाँदी व्यवसायी संघ झापा ले गरेको छ। संघका अनुसार उक्त सुनको आजको बजार मूल्य १ करोड ४० लाख ३० हजार ८ सय १५ रुपैयाँ बराबर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सीमावर्ती नाकामार्फत यति ठूलो परिमाणमा सुन र विदेशी मुद्रा ओसारपसारको प्रयास भएपछि सुरक्षा तथा भन्सार निकाय सतर्क बनेका छन्। घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अघि बढाइएको भन्सार कार्यालयले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?