National life
cg eloctronics

बजारमा महँगीको मार: एक वर्षमै १४८ प्रतिशतले बढ्यो प्याजको मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|३१ असोज २०८३, शनिबार
294Shares
बजारमा महँगीको मार: एक वर्षमै १४८ प्रतिशतले बढ्यो प्याजको मूल्य
ncell

काठमाडौं- नेपाली भान्सामा दैनिक उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। पछिल्लो एक वर्षको अवधिमा चामल, दाल, तेल र तरकारीलगायतका अत्यावश्यक वस्तुको मूल्य अचाक्ली बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्ष असोज १ मा ३६ रुपैयाँ प्रतिकिलो रहेको सुकेको प्याजको मूल्य यो वर्ष सोही अवधिमा ८९.५० रुपैयाँ पुगेको छ। एक वर्षमा प्याजको मूल्य १४८.६१ प्रतिशतले बढेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चाडपर्व नजिकिँदै गर्दा भएको यो मूल्यवृद्धिले न्यून तथा मध्यम आय भएका परिवारलाई बढी मारमा पारेको छ। अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीका अनुसार खाद्य वस्तुमा हुने मूल्यवृद्धिले गरिब तथा मध्यम वर्गको बजेटमा ठूलो दबाब सिर्जना गर्छ। उनले भने, 'खाद्य पदार्थको मूल्य बढ्दा परिवारको आम्दानीको ठूलो हिस्सा खानपिनमै खर्च हुन्छ, जसले शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा खर्च गर्ने क्षमता घटाउँछ।' उपभोक्तावादी प्रेमलाल महर्जनले पछिल्लो ६ महिनायता बजारमा मूल्यवृद्धिको शृंखला नै बनेको आरोप लगाएका छन्। उनले बजार अनुगमन र नियन्त्रणमा सरकार प्रभावकारी हुन नसकेको बताए। यता, व्यवसायीहरू भने धानको मूल्यमा भएको वृद्धि र आयातमाथिको निर्भरताले चामलको मूल्य बढेको बताउँछन्।

नेपाल चामल, तेल, दाल उत्पादक संघका द्वितीय उपाध्यक्ष राहुल अग्रवालले धानको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँसम्म बढेकाले चामल महँगो भएको जानकारी दिए। उनले नयाँ धान भित्रिएपछि मूल्यमा केही कमी आउन सक्ने संकेत गरे। फलफूल तथा तरकारी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष खोमप्रसाद घिमिरेले बाढीका कारण आपूर्ति प्रणाली प्रभावित हुँदा फलफूलको मूल्य बढेको बताए। उनले अब आपूर्ति सहज हुँदै गएकाले मूल्य नियन्त्रणमा आउने दाबी गरे।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराँतीले बजार अनुगमनलाई तीव्रता दिएको बताए। उनले अस्वाभाविक रूपमा मूल्य बढाउने व्यवसायीलाई कारबाही गरिरहेको जानकारी दिँदै सरकारले सबै वस्तुको मूल्य तोक्न नसक्ने स्पष्ट पारे।

यो समाचार शेयर गर्नुहोस्
294SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?