National life
cg eloctronics

कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|३१ असोज २०८३, शनिबार
313Shares
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
ncell

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। 

सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू परेका छन्।

उपलब्ध मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन्। उनले ५ हजार ३३० मत अर्थात् ७७.५ प्रतिशत मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा वासना थापा रहेकी छन्। उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत मत प्राप्त गरेकी छन्। त्यस्तै, बागमतीबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन्। उनले कुल मतको ७३.८ प्रतिशत मत प्राप्त गरेकी छन्।

पाँचौँ स्थानमा महिला सहमहामन्त्री प्रतिमा गौतम रहेकी छन्। उनले ५ हजार ११६ मत अर्थात् ७२.९ प्रतिशत मत प्राप्त गरेकी छन्। खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन्। उनले ७२ प्रतिशत मत प्राप्त गरेका छन्।

दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा रहेका छन्। उनले ६९.२ प्रतिशत मत प्राप्त गरेका छन्। जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ। उनले ६९.१ प्रतिशत मत प्राप्त गरेका छन्।

खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन्। उनले कुल मतको ६८.८ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै, गण्डकीबाट ३५ वर्षमुनिका युवामध्ये केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल दशौं स्थानमा छन् । उनले ४ हजार ५४९ मत अर्थात उनले ६५.८ प्रतिशत मत प्राप्त गरेका छन्।

सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० उम्मेदवार

१. गगनकुमार थापा — सभापति — ६,५८४ मत (९४.६प्रतिशत)

२. चिरीबाबु महर्जन — खुला केन्द्रीय सदस्य — ५,३३० मत (७७.५ प्रतिशत )

३. वासना थापा — महिला खुला केन्द्रीय सदस्य ५,१९३ मत (७४ प्रतिशत )

४. हरिप्रभा खड्गी — बागमतीबाट महिला केन्द्रीय सदस्य — ५,१२६ मत (७३.८ प्रतिशत )

५. प्रतिमा गौतम — महिला सहमहामन्त्री — ५,११६ मत (७२.९ प्रतिशत )

६. निश्कल राई — खुला केन्द्रीय सदस्य — ४,९५६ मत (७२ प्रतिशत )

७. प्रकाश रसाइली ‘स्नेही’ — दलित सहमहामन्त्री — ४,८०३ मत (६९.२ प्रतिशत )

८. तीर्थ लामा — जनजाति केन्द्रीय सदस्य — ४,८५३ मत (६९.१ प्रतिशत )

९. इन्द्रबहादुर बानियाँ — खुला केन्द्रीय सदस्य — ४,७३२ मत (६८.८ प्रतिशत )

१०. इन्जिनियर सुवास पौडेल — ३५ बर्ष मुनि गण्डकीबाट युवा केन्द्रीय सदस्य — ४,५४९ मत (६५.८ प्रतिशत )

यो समाचार शेयर गर्नुहोस्
313SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?