National life

आरएसडीसी लघुवित्तको खुद नाफा ५.७१% ले बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
444Shares
आरएसडीसी लघुवित्तको खुद नाफा ५.७१% ले बढ्यो
ncell

काठमाडाैं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५.७१ प्रतिशतले बढेको छ । संस्थाको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढेको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थाले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा १० करोड ५ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत बढेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.४९ प्रतिशतबाट बढेर १.२२ प्रतिशत पुगेकाे छ । जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ । फलस्वरुप लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५.८८ प्रतिशत मात्र बढेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसकेका कारण लघुवित्त यस्तो आम्दानी घट्न पुगेको हो । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।

गत आर्थिक वर्ष ८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस लघुवित्तको जगेडा कोषमा २० करोड ३९ लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा लघुवित्तले ५ अर्ब ८२ करोड रुपैयाँ सापटिबाट ६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
444SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?