National life

खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ लगायतमा रोक लगाउने काठमाडौं महानगरकाे तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
462Shares
खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ लगायतमा रोक लगाउने काठमाडौं महानगरकाे तयारी
ncell

काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ लगायतका खाद्यान्नमा रोक लगाउने तयारी अघि बढाएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकले बर्खायाममा पानीसँगै फैलिने रोगको संक्रमण हुन नदिन बजार अनुगम तिव्र बनाउने निर्णय गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्यवस्तुको अनुगमन गनर्न निर्देशन गरेकी छिन् ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता वस्तु निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बैठकमा बताए ।

Royal Enfield
nic asia capital

‘पानीपुरी, चटपटेजस्ता उपभोक्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गर्नुभएको छ । यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुन सक्छ,’ उनले भने, ‘खुल्ला दूध प्लाष्टिकमा हालेर रवरले बाँधेर बेच्ने काम मापदण्ड विपरीत हो। यसलाई तत्काल रोक लगाउनुपर्छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?