National life

नर्भिक आईभीएफद्वारा छुटसहित एक महिने प्याकेजको घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
621Shares
नर्भिक आईभीएफद्वारा छुटसहित एक महिने प्याकेजको घोषणा
ncell

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ । नर्भिक आईभीएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो ।

उक्त सर्जरी प्याकेजमा नर्भिक आईभीएफकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवम् उपचार गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेसन, पाठेघरको ट्युमर, शिष्ट लगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रियाहरू समेटिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

कुनै पनि महिलाको बच्चा नहुने अप्रेसन गर्न वा त्यस्तो अप्रेशनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने हस्पिटलकी वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा.नूतन शर्माले बताइन् । नर्भिक हस्पिटलको सेवामा सर्वसाधरणको पहुँचलाई बिस्तार गर्ने मुख्य उद्देश्यसहित पहिलो चरणमा नर्भिक आईभीएफबाट भारी छुटसहितको एक महिने विशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।

यो प्याकेजमा सहभागी हुन चाहने बिरामीले अग्रिम रूपमा नाम दर्ता गराउनुपर्ने अस्पताले जनाएको छ । नाम दर्ताका लागि हस्पिटलको हटलाइन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न सकिनेछ । सर्जरी प्याकेजमा सहभागी हुन नाम दर्ता गरेका बिरामीहरूलाई ओपिडी शुल्क निःशुल्क गरिएको छ भने एक महिनासम्म चिकित्सक फलोअपमा समेत पैसा लाग्ने छैन ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?