National life
cg eloctronics

नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको सामानसहित सिरहामा दुई जना नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ जेठ २०८३, आइतबार
930Shares
नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको सामानसहित सिरहामा दुई जना नियन्त्रणमा
ncell

सिरहा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा इलाकाबाट गएराति १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । सोही ठाउँका ५० वर्षीय राजेश यादव र ३९ वर्षीय आनन्द यादवलाई नं. ७ गण सिरहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको कस्मेटिक सामान, टुथ पेस्ट, २ सय ६० केजी ओखरसहित गाडी समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नियन्त्रणमा लिइएका दुवै जनालाई नेपाल प्रहरीलाई बुझाइएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
930SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको सामानसहित सिरहामा दुई जना नियन्त्रणमा | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस