National life

प्रथम अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन नमिता घिमिरेको अध्यक्षतामा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
507Shares
प्रथम अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन नमिता घिमिरेको अध्यक्षतामा सम्पन्न
ncell

काठमाडौं । अन्तराष्ट्रिय महिला सांसदकी अध्यक्ष नमिता घिमिरेले प्रथम अन्तर्राष्ट्रिय महिला संसद सम्मेलनको नेतृत्व गरेकी छिन् ।

अन्तराष्ट्रिय संसदीय दिवसको अवसरमा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन र आइकोनिक महिला अवार्डको अध्यक्ष घिमिरेले उद्घाटन गरेकी हुन् ।

अध्यक्ष घिमिरेले महिला सशक्तिकरण र लैङ्गिक समानतालाई अगाडि बढाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताएकी छिन् । उक्त कार्यक्रममा महिला अधिकारको प्रवर्द्धनका लागि एकताबद्ध विश्वव्यापी प्रयासलाई सङ्केत गर्दै, ३३ देशका महिला नेतृत्व तथा राजदुत सहभागी थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

२१ औँ शतब्धिमा पनि महिलाहरु अझै अधिकारबाट बञ्चित भएको उल्लेख गर्दै घिमिरेले यो समस्या नेपालमा मात्रै नभइ विश्वका अन्य धेरै देशहरुमा पनि विध्यमान रहेको बताइन् ।

उन्नाइस राजदुतावासको समर्थन साथै अन्तराष्ट्रिय जगतमा महिला नेतृत्व र संगठनको एक साझा सुनुवाईको मन्च अन्तराष्ट्रिय महिला सांसदको उत्कृष्ट दुर दृष्टिकोण भएको भन्दै १७९ राष्ट्रिय संसदहरू को प्रतिष्ठित विश्वव्यापी संगठनले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट पनि गरेको छ।

उनले अन्तर्राष्ट्रिय महिला संसद सम्मेलनले आशा, एकता र प्रगतिको दियो बन्ने विश्वास व्यक्त गर्दै उपस्थित सबैलाई हार्दिक स्वागत गरिन् । महिलाले महिलाद्वारा, महिलाका लागि’ भन्ने सशक्त नाराका साथ घिमिरेले परिवर्तनकारी काममा लाग्न जोड दिइन् ।

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?