National life
cg eloctronics

शिवपुरी जंगलमा ४५ वर्षीया सरिता तिवारीको शव भेटियो, हत्या आरोपमा एक पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
2.4kShares
शिवपुरी जंगलमा ४५ वर्षीया सरिता तिवारीको शव भेटियो, हत्या आरोपमा एक पक्राउ
ncell

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एक महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको छ। शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा भेटिएको उक्त शव केही दिनदेखि हराइरहेकी महिलाको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार तारकेश्वर नगरपालिका–३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी वैशाख ११ गते घरबाट बजार जाने भन्दै निस्केकी थिइन्। बेलुकासम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो, त्यसपछि खोजी अभियान सुरु गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनुसन्धानका क्रममा तिवारीसँग एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछमा उनले नै हत्या गरी शव जंगलमा गाडेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

प्रहरी टोलीले डंगोललाई साथमा लिएर घटनास्थल पुगेपछि सड्न थालेको अवस्थामा शव फेला परेको हो। शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?