काठमाडौं । हेम वहादुर मल्ल सम्मान, २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र हेम वहादुर मल्ल सम्मान, २०७८ भानु प्रसाद आचार्यलाई प्रदान गरिएको छ । आज साउन ३ गते उपराष्ट्रपति रामसराय प्रसाद यादवद्वारा उक्त सम्मान प्रदान गरिएको हो ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा नेपाल जनप्रशासन संघको आयोजनामा सम्पन्न कार्यक्रममा सम्मान पत्र र जनही रु दुई लाखको पुरस्कार समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्र्पतिले उपयुक्त पात्रहरुले सम्मान पाएकोमा खुसी व्यक्त गरे ।
नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले नेपाल सरकारको पूर्व सचिव, स्टाफ कलेजको पूर्व कार्यकारी निर्देशक र प्रशासन सुधार अनुगमन समितिको संयोजक भै उत्कृष्ट कार्य गरेवापत गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई हेम बहादुर मल्ल सम्मान २०७७ प्रदान गरिएको कुरा बताए । यसैगरी, नेपाल सरकारको पूर्व सचिव र महालेखा परीक्षक भै उत्कृष्ट कार्य गरेवापत भानु प्रसाद आचार्यलाई हेम बहादुर मल्ल सम्मान २०७८ प्रदान गरिएको कुरा पनि उल्लेख गरे ।
सम्मान वितरण कार्यक्रममा नेपाल सरकारका पूर्ब सचिव एवं नेपाल राष्ट्र्बैकका पूर्व गभर्नर दीपेन्द्र पुरुष ढकालले सम्मान छनौटको आधार प्रस्तुत गरेका थिए भने कार्यक्रममा संघका उपाध्यक्ष प्रा. यशोदा काप्mले र साल्ट ट्र्ेडिंग कर्पोरेशनका अध्यक्ष प्रदिप लाल श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए । संघका कोषाध्यक्ष दिलिपराज पौडेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा महासचिव मुकुन्द प्रसाद निरौलाले धन्यवाद ज्ञापन गरेका थिए ।
साथै, कार्यक्रममा सम्मान प्राप्त गर्ने गोरक्ष बहादुर न्हुच्छे प्रधानले के नेतृत्व परिवर्तन आजको आवश्यक्ता हो ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी, भानु प्रसाद आचार्यले उदारीकरण तथा आर्थिक सुधारको संक्षिप्त समीक्षा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस पूर्व हेम वहादुर मल्ल सम्मानवाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा.
प्रधान यो सम्मान प्राप्त गर्ने अठारौं र आचार्य उन्नाईसौ व्यक्ति हुन् ।





































