National life

कृषि उत्पादन कमजोर हुँदा एक वर्षमै ४ खर्ब ३७ अर्बका कृषि तथा पशुजन्य वस्तु आयात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|११ साउन २०८३, सोमबार
1.1kShares
कृषि उत्पादन कमजोर हुँदा एक वर्षमै ४ खर्ब ३७ अर्बका कृषि तथा पशुजन्य वस्तु आयात
ncell

काठमाडौं - कृषि उत्पादन र उत्पादकत्वमा अपेक्षित वृद्धि हुन नसक्दा नेपालले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब ३७ अर्ब ७७ करोड रुपैयाँ बराबरका कृषि तथा पशुजन्य वस्तु आयात गरेको छ। भन्सार विभागका अनुसार अन्नदेखि तरकारी, फलफूल, खाने तेल, दुग्धजन्य पदार्थ र पशु आहारसम्मका वस्तु ठूलो परिमाणमा विदेशबाट आयात भएका छन्।

तथ्यांकअनुसार सबैभन्दा बढी १ खर्ब ७९ अर्ब ६३ करोड रुपैयाँ पशु वा वनस्पतिजन्य बोसो तथा खाने तेल आयातमा खर्च भएको छ। त्यसपछि ५९ अर्ब ६६ करोड रुपैयाँ बराबरका धान, चामल, मकै र गहुँलगायत अन्न आयात गरिएको छ। तरकारी तथा कन्दमूल आयात ३८ अर्ब ३५ करोड रुपैयाँ र फलफूल तथा सुक्खा फलफूल आयात ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी तेलहन तथा बिउ ३५ अर्ब ३५ करोड रुपैयाँ, पशु आहारका कच्चा पदार्थ २८ अर्ब ८३ करोड रुपैयाँ, तयारी खाद्य पदार्थ १८ अर्ब २१ करोड रुपैयाँ तथा चिया, कफी र मसला १० अर्ब ४१ करोड रुपैयाँ बराबर आयात भएका छन्।

पूर्वकृषि सचिव डा. योगेन्द्र कार्कीका अनुसार मल, उन्नत बिउ, सिँचाइ, कृषि बिमा र बजार व्यवस्थापनको अभावका कारण स्वदेशी कृषि उत्पादन बढ्न नसकेको हो। उनका अनुसार खेतीयोग्य जमिन बाँझो रहनु, उत्पादन लागत बढ्नु र युवाशक्ति वैदेशिक रोजगारीमा पलायन हुनु पनि आयात बढ्नुका प्रमुख कारण हुन्।

कृषि क्षेत्रका विज्ञहरूले बाँझो जमिनको उपयोग, व्यावसायिक खेती विस्तार, कृषि यान्त्रीकरण, सिँचाइ सुविधा, उत्पादनको सुनिश्चित बजार र मूल्य स्थिरीकरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके कृषि आयात प्रतिस्थापन सम्भव हुने बताएका छन्।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि उत्पादन वृद्धि र आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ। यसअन्तर्गत रासायनिक मलको सुनिश्चित आपूर्तिका लागि करिब ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशत प्रिमियम अनुदान, सिँचाइ विस्तार, कृषि यान्त्रीकरण, व्यावसायिक खेती, भण्डारण पूर्वाधार र कृषि बजार विकासका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?