National life

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१७ असोज २०८३, शनिबार
349Shares
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते
ncell

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।

बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी छ ।

Royal Enfield
nic asia capital

घाइतेहरुः

१.गोरखा, गोरखा–९ का ३० वर्षीय हरिशरण थापा

२.अछाम, मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी

३. बर्दिया, ठाकुरबाबा–१ कि २० वर्षीया आकृति

४. बाजुरा, स्वामी कार्तिक–५ का ३२ वर्षीय पवन बुढा

५. बर्दिया, राजापुर–९ का २८ वर्षीय सञ्जय थारु

६. बाजुरा स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम

७. ललितपुर, कुञ्जयोसोम–५ का २९ वर्षीय अनोज खत्री

८. बर्दिया, बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की

९. बाँके, नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान

१०. सल्यान, वनगढ कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी

घाइतेहरूको उद्दारपछि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
349SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?