National life

१० लाख धरौटीमा छुटे शंकर गुप्रका अध्यक्ष अग्रवाल

उद्योगी शंकरलाल अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
810Shares
१० लाख धरौटीमा छुटे शंकर गुप्रका अध्यक्ष अग्रवाल
ncell

काठमाडौँ - उद्योगी शंकरलाल अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । 

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो । अग्रवाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने यसअघिको उच्च अदालत पाटनको आदेश वेरितको भन्दै बदर गरेर धरौटी माग गरेको हो । 

शंकर ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाललाई १० लाख नगद धरौटी वा त्यस बराबरको बैंक जमानत लिएर छोड्न आदेश दिएसँगै उक्त रकम जम्मा गरी उनी रिहा भएका छन् ।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवालले आफूलाई थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उपलब्ध मिसिल, कागजात तथा प्रतिवादीतर्फबाट प्रस्तुत जिकिरलाई समेत विचार गरी धरौटीमा मुद्दा पुर्पक्ष गर्ने आदेश गरेको हो ।

यसअघि उच्च अदालत पाटनले अग्रवाललाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध अग्रवाल सर्वोच्च पुगेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
810SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?