National life

संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी वंशीराज दाहाल बर्खास्त

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२३ असोज २०८३, शुक्रबार
358Shares
संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी वंशीराज दाहाल बर्खास्त
ncell

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गरेको छ। राज्यको संवेदनशील सूचना अनधिकृत व्यक्तिलाई चुहाएको आरोपमा उनलाई पदबाट हटाइएको हो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दाहाललाई बर्खास्त गर्ने निर्णय भएको जानकारी दिए। दाहालमाथि लागेको आरोपबारे अनुसन्धान गर्न सशस्त्र प्रहरीका एआईजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको थियो।

उक्त समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै दाहालले पदीय आचरणविपरीत काम गरेको निष्कर्ष निकालेको थियो। सोही प्रतिवेदनको आधारमा समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो। यसअघि मन्त्रालयले दाहाललाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको थियो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ मा सेवाबाट हटाउने वा बर्खास्त गर्नेसम्मको विभागीय सजायको व्यवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नियम ११५ अनुसार एआईजीलाई विभागीय कारबाही गर्ने अधिकार गृहमन्त्रीमा निहित छ। बर्खास्तगीको निर्णयविरुद्ध नेपाल सरकार (मन्त्रिपरिषद्) समक्ष पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था छ। दाहालको चार वर्षे पदावधि आगामी असोज २८ गते सकिँदै थियो। सशस्त्र प्रहरी मुख्यालयले उनको पदावधि एक वर्ष थप गर्न सिफारिस गरे पनि बर्खास्तीको निर्णयसँगै अब त्यो सम्भावना समाप्त भएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
358SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?