काठमाडौँ नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठको पावन अवसर पारेर, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले यही असोज ११ गतेदेखि लागू हुने गरी "दशैं विथ ब्ल्याक+डेकर" नामक आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ। "Stylish Living. Smart Choices." भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको यस अभियानमार्फत ग्राहकहरूले प्रिमियम उपकरणहरूको खरिदमा आकर्षक पक्का उपहारदेखि बम्परमा विदेश भ्रमणसम्मको उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।
अमेरिकाको नम्बर १ ब्रान्डको रूपमा प्रिमियम ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल ११६ वर्षको इतिहास बोकेको ब्ल्याक+डेकरले नेपाली उपभोक्ताको चाडपर्वलाई थप उल्लासमय र सुविधाजनक बनाउन यो बृहत् अफर बजारमा ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकहरूले प्राप्त गर्ने मुख्य अफरहरू निम्न प्रकार छन्:
· पक्का उपहार : ब्ल्याक+डेकरका तोकिएका उत्पादनहरूको खरिदमा ग्राहकहरूले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किट जस्ता आकर्षक पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्।
· पाक्षिक लक्की ड्र : यस योजना अवधिभर हरेक १५ दिनमा हुने पाक्षिक लक्की ड्र मार्फत भाग्यशाली विजेताले ब्ल्याक+डेकरको मिक्सर (मोडेल: MG550-IN) जित्न सक्नेछन्। लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध QR कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।
· बम्पर लक्की ड्र : बम्पर उपहार स्वरूप भाग्यशाली विजेताले भियतनाम भ्रमण (Vietnam Trip) को उत्कृष्ट अवसर प्राप्त गर्नेछन्। लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध QR कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।
· २ वर्षको रिप्लेसमेन्ट वारेन्टी: विश्वस्त गुणस्तरको सुनिश्चितता गर्दै ब्ल्याक+डेकरका उपकरणहरूमा '२ वर्षको रिप्लेसमेन्ट वारेन्टी' प्रदान गरिएको छ।
असोज ११ गतेदेखि सुरु भई सीमित अवधिसम्म लागू हुने यो आकर्षक योजना नेपालभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल (CG Digital) र ६ वटा एलजी ब्रान्ड शप (LG Brand Shop) शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्म cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्।


























