National life

बैतडीमा चोरी आरोपमा कार्यपालिका सदस्यसहित चार जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१२ असोज २०८३, सोमबार
290Shares
बैतडीमा चोरी आरोपमा कार्यपालिका सदस्यसहित चार जना पक्राउ
ncell

काठमाडौं: बैतडी प्रहरीले घर फोडेर चोरी गरेको आरोपमा दशरथचन्द नगरपालिकाका एक कार्यपालिका सदस्यसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका-५ का वडा सदस्य एवं नगर कार्यपालिका सदस्य विनोदराम लोहार, लक्ष्मण मौनी, महेश लोहार र तबिराम लोहार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार, दशरथचन्द नगरपालिका-५, अला गाउँका जयदेव भट्टको घरको छत फुटाएर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उक्त घरमा एक महिनाअघि चोरी भएको थियो।

प्रहरी नायब उपरीक्षक रायले भने, “कार्यपालिका सदस्यकै योजनामा घरको छत फोडेर शृङ्खलाबद्ध चोरी गरेको भेटिएको छ।

Royal Enfield
nic asia capital
अर्को घरमा पनि यस्तै प्रकृतिको चोरी भएको छ।” प्रहरीले उनीहरूको साथबाट सुन लगाउने पोते र तामाका भाँडाकुँडा बरामद गरेको छ। बरामद सुन भने आधा काटेर गायब पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका विनोदराम लोहार २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए र पछि नगर कार्यपालिका सदस्यमा मनोनीत भएका थिए।

यो समाचार शेयर गर्नुहोस्
290SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?