National life
cg eloctronics

कांग्रेस महाधिवेशनको तेस्रो दिनः आज उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२० असोज २०८३, मङ्गलबार
864Shares
कांग्रेस महाधिवेशनको तेस्रो दिनः आज उम्मेदवारी दर्ता  र अन्तिम नामावली प्रकाशन
muktinatha bikash bank

काठमाडौं। खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत तेस्रो दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदै छ। सोमबार बन्दसत्र सुरु भएको महाधिवेशन कार्यतालिकाअनुसार आज  उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रम सञ्चालन हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ। मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै दिउँसो ४ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

पहिलो नामावली प्रकाशन भएसँगै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्मको समय दिइएको छ। दाबी विरोधका लागि प्राप्त दरखास्तहरूउपर निर्वाचन समितिले आजै साँझ ५ः३० बजेदेखि ६ः३० बजेसम्म जाँचबुझ गर्नेछ।

जाँचबुझ सम्पन्न भएपछि आजै बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने कार्यतालिका छ। आज दोस्रो नामावली प्रकाशन भएपछि कार्यतालिकाअनुसार भोलि असोज २१ गते उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन प्रक्रिया पूरा गरी असोज २२ गते बिहान ७ः३० बजेदेखि मतदान सुरु हुनेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
864SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?