National life
cg eloctronics

नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा डुबान, २५ जनाको उद्धार

अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्तास्थित थारुटोलामा डुबान भएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१० असोज २०८३, शनिबार
1KShares
नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा डुबान, २५ जनाको उद्धार
muktinatha bikash bank

पश्चिम नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्तास्थित थारुटोलामा डुबान भएको छ।

डुबानमा परेका २५ जना स्थानीयवासीसहित पशु चौपायाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बीओपी सुस्ताबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी सोही स्थानमा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

अविरल वर्षाका कारण नारायणी नदीको जलस्तर बढेपछि थारुटोलामा पानी पसेको बताइएको छ। उद्धारपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?