National life
cg eloctronics

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ असार २०८३, सोमबार
1.2kShares
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
ncell

काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

सोफी स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए।

निर्धारित ९० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो।

तर इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान युस्ताकियोले बललाई जाली चुमाउँदै क्यानडालाई ऐतिहासिक जित दिलाए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो भने दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ।

अब क्यानडाले अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?