National life

विदेशी आवासीय अनुमति लिएर नफर्किएका कर्मचारीलाई कारबाही गर्न मन्त्रालको सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
1.3kShares
विदेशी आवासीय अनुमति लिएर नफर्किएका कर्मचारीलाई कारबाही गर्न मन्त्रालको सिफारिस
ncell

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति(पीआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयका अनुसार बिदा अवधि सकिएपछि आफ्नो कार्यरत कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन् ।

उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति (पीआर) तथा डाइभर्सिटी भिसा (डीभी) प्राप्त गरेको खुलेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले निजामती सेवा ऐन, २०४९ अनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी विभागीय कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएको उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयले सम्बन्धित चारै कर्मचारीलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र चित्तबुझ्दो आधार, कारण र प्रमाणसहित लिखित सफाइ पेश गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र सफाइ पेश नगरे वा पेश गरिएको स्पष्टीकरण सन्तोषजनक नभए प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?