National life

इन्टरनेट सेवा महँगो, सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु आगामी असोज १९ देखि बन्द हुने

विगत १२ वर्षको अवधिमा नेपालमा इन्टरनेटको पहुँच र प्रभावले उल्लेखनीय प्रगति हासिल गरेको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
316Shares
इन्टरनेट सेवा महँगो, सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु आगामी असोज १९ देखि बन्द हुने
ncell

काठमाडौं। विगत १२ वर्षको अवधिमा नेपालमा इन्टरनेटको पहुँच र प्रभावले उल्लेखनीय प्रगति हासिल गरेको छ।

दक्षिण एशियामै फिक्स्ड ब्रोडब्याण्डको घनत्व र पहुँचमा पहिलो स्थानमा रहेको नेपालको इन्टरनेट विश्वकै सस्तोमध्येमा पर्छ, जसले गर्दा अधिकांश घरधुरीमा यो सेवा सहज रूपमा पुगेको छ।

कोरोना महामारीदेखि भोटेकोशीको बाढीजस्ता विपद्का समयमा समेत इन्टरनेट सेवा प्रदायक -ISP) हरूले निरन्तर रूपमा अतिआवश्यक सेवा प्रवाह गर्दै डिजिटल नेपालको सपनालाई सार्थक बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

तर, विगतका वर्षहरूको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण चुलिएको इन्धनको मूल्य, फाइबरको आकाशिएको मूल्य, अत्यधिक मुद्रास्फीति र ब्यान्डविथको तीव्र वृद्धिका साथै अन्तर्राष्ट्रिय ट्रान्जिट र सर्किटको मूल्यमा भएको अकास्मिक वृद्धिसमेतका कारणले क्ष्क्एक हरूको सञ्चालन खर्च धान्न अत्यन्त कठिन भएको छ।

Royal Enfield
nic asia capital

यही विषम परिस्थितिका कारण सेवा प्रदायकहरूले अहिलेसम्म प्रदान गर्दै आएका अति सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू आगामी २०८३ साल असोज १९ गते सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएका छन्।

यस निर्णयबाट आदरणीय ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति सम्बन्धित सबै पक्षले क्षमाप्रार्थी रहेको जनाएका छन्।

यस जटिल अवस्थामा पनि ग्राहकहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्दै डिजिटल नेपालको निर्माणमा निरन्तर लागिरहन सेवा प्रदायकहरूलाई निर्देशित गरिएको छ।

साथै, सम्पूर्ण क्ष्क्ए हरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्ना वेबसाइटमा स्पष्ट देखिने गरी राख्न र सबै ग्राहक महानुभावहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिन समेत विशेष अनुरोध गरिएको छ।

विषम परिस्थितिमा समेत निरन्तर साथ दिने सम्पूर्ण ग्राहकवर्ग तथा सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि अहोरात्र सेवा प्रवाहमा खटिरहने दृढ प्रतिबद्धता व्यक्त गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
316SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?