न्यूयोर्क - परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा आज भएको भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।
भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरे ।
दुवै मन्त्रीले नेपाल र भारतबीचको निकट तथा लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै पारस्परिक हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन् ।





































