National life

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँचमार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१० असोज २०८३, शनिबार
364Shares
बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो
ncell

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँचमार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार पुलको पहुँचमार्ग बगाएपछि बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका जोड्ने गण्डकी प्रदेशमार्गको सम्पर्क विच्छेद भएको छ ।

अविरल वर्षापछि आज कालीगण्डकी नदीमा आएको बाढीको कटानका कारण पुलको नवलपुरतर्फको जगसमेत कटान भएको हुँदा सवारीसाधन एवं पैदलयात्रुको समेत आवागमन अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए।

नवलपुरको डेढगाउँ हुँदै तनहुँको भिमाद र पोखरा जोड्ने यस गण्डकी प्रदेशमार्ग हुँदै दैनिक रूपमा स्थानीय बासिन्दा स्याङ्जा, पोखरा, तनहुँ, नवलपुर र पाल्पा आवतजावत गर्ने गरेका थिए ।

Royal Enfield
nic asia capital
यो सडक प्रदेश राजधानी पोखरासँग नवलपुरलाई जोड्ने सबैभन्दा छोटो सडक हो ।

यो समाचार शेयर गर्नुहोस्
364SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?