National life

वर्षासँगै मौसम प्रतिकूल बनेपछि मनाङ पुगेका पर्यटक फर्किन थाले

निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकले यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१३ असोज २०८३, मङ्गलबार
370Shares
वर्षासँगै मौसम प्रतिकूल बनेपछि मनाङ पुगेका पर्यटक फर्किन थाले
ncell

लमजुङ । निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकले यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।

थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्य पुग्ने योजनामा रहेका पर्यटक मौसममा आएको खराबी र पदमार्गमा बढेको जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो एक सातामा २४६ जना विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन् । असोज ६ देखि १२ गतेसम्म फर्किने पर्यटकमध्ये १५१ पुरुष र ९५ महिला रहेका छन् ।

Royal Enfield
nic asia capital

केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० जनासम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए । तर, पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमनमा उल्लेख्य कमी आएको छ । अहिले दैनिक एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक फर्किन थालेका छन् ।

“केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए । अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्,” इन्चार्ज गुरुङले भने ।

निरन्तरको वर्षा, मौसममा आएको खराबी तथा पदमार्गमा बढेको जोखिमका कारण थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले बीच बाटोमै यात्रा छोट्याउन थालेका हुन् ।

लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जाने प्रमुख पदयात्रा मार्ग हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ यस पदमार्गको उच्चतम बिन्दु हो ।

प्राकृतिक सौन्दर्यसँगै विभिन्न जातजातिको संस्कृति र जीवनशैली अवलोकन गर्न पाइने भएकाले अन्नपूर्ण चक्रीय पदमार्ग विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्दै आएको छ । तर, पछिल्लो समयको प्रतिकूल मौसमले पदयात्रामा असर पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
370SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?