National life

आर्या फार्माल्यावद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि औषधि सहयोग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१९ दिन अगाडि|१५ भदौ २०८३, सोमबार
1.5kShares
आर्या फार्माल्यावद्वारा बाढी तथा विपद् प्रभावित नागरिकका लागि औषधि सहयोग
ncell

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।

आर्या फार्माल्यावले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी रु. ८२,५१,७५० मूल्य वरावरको औषधिहरु उपलब्ध गराएको छ ।

साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक रहेको खण्डमा कंम्पनीले उपचारमा आवश्यक उपकरण तथा औषधिहरू सहयोग स्वरुप उपलव्ध गराउने प्रतिवध्दता समेत व्यक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनस्र्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आर्या फार्माल्यावले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?