National life

६ महिना सुत्केरी बिदापछि महिला कर्मचारीलाई महिनावारी बिदा प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
366Shares
६ महिना सुत्केरी बिदापछि महिला कर्मचारीलाई महिनावारी बिदा प्रस्ताव
ncell

काठमाडौँ – महिलालाई ६ महिना सुत्केरी बिदा गर्ने गरी सरकारले कानुन संशोधन गर्ने प्रक्रिया अघि बढाएका बेला महिनावारी बिदासमेत दिने प्रस्ताव गरेको छ।

महिलाका लागि ६ महिना सुत्केरी बिदा र पुरुषका लागि ४२ दिन स्याहार बिदा दिने गरी सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्ने विधेयक संसदमा दर्ता गराएको छ।

स्वास्थ्यमन्त्री निशा महेताले यस्तो पपुलिष्ट कानुन बनाउने प्रस्ताव दर्ता गरेको अवस्थामा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संघीय निजामति ऐनमा रजस्वला बिदा दिने प्रस्ताव गरेकी हुन्। मन्त्री रावलले बिहीबार प्रतिनिधिसभा सचिवालयमा विधेयक दर्ता गराएकी छिन्।

विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने बिदासम्बन्धी व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital
उक्त दफामा कर्मचारीले पाउने बिदामध्ये ‘महिनावारी/रजस्वला बिदा’ लाई समेत छुट्टै बिदाका रूपमा प्रस्ताव गरिएको हो।

विधेयकको प्रस्तावित व्यवस्थाअनुसार निजामती कर्मचारीले भैपरी, घर, बिरामी, मातृत्व तथा प्रसूति, प्रसूति स्याहार, महिनावारी÷रजस्वला, मृत्यु संस्कार, अध्ययन र असाधारण बिदा पाउने छन्।

महिला कर्मचारीका लागि महिनावारी बिदालाई पहिलोपटक समेट्ने प्रस्ताव गरिएको हो। हाल प्रचलित निजामती सेवा कानुनमा महिनावारीका लागि छुट्टै बिदाको व्यवस्था छैन।

यो समाचार शेयर गर्नुहोस्
366SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?