National life
cg eloctronics

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग हस्तान्तरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ भदौ २०८३, सोमबार
1.7kShares
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग हस्तान्तरण
muktinatha bikash bank

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण भएको छ।

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ।

कम्पनीले आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?