National life

प्रतिद्वन्द्वीको वडामा डाक्टर सुनील शर्माको प्रशंसा स्थानीय भन्छन्– कुराभन्दा काम गर्नेलाई भोट

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१७ माघ २०८२, शनिबार
994Shares
प्रतिद्वन्द्वीको वडामा डाक्टर सुनील शर्माको प्रशंसा स्थानीय भन्छन्– कुराभन्दा काम गर्नेलाई भोट
ncell

राजनीतिमा कतिपय क्षण यस्ता हुन्छन्, जहाँ गणितले मात्रै होइन, सत्कर्म अनि भावनाले पनि निर्वाचन जित्छ । नाराभन्दा अनुभव बलियो हुन्छ । झण्डाभन्दा मानवीयताले जित्छ । मोरङ क्षेत्र नम्बर–३ अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–४ मा देखिएको दृश्य ठीक त्यस्तै छ ।

नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुनील शर्मा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्ने क्रममा प्रतिद्वन्द्वी गणेश कार्कीको वडामा पुगे । जानुअघि उनका मनमा स्वाभाविक आशंका थियो—यो वडा त प्रतिस्पर्धीको हो, यहाँ कस्तो प्रतिक्रिया पाइएला ? कतै म कमजोर त छैन ? तर जब उनले वडा नम्बर–४ को माटो टेके, तब ती सबै आशंका एकाएक पग्लिँदै गए । मन हलुंगो बन्दै गयो ।

त्यहाँको माहोल उनले कल्पना गरेकोभन्दा नितान्त पृथक थियो, उत्साहले भरिएको थियो । सुनीललाई स्वागत गर्न आतुर अनुहार अनि, आफ्ना सुख– दुःख सुनाउन हतारिएका आवाज । हजुरबुबा–हजुरआमादेखि यसपालि पहिलो पटक मतदान गर्न पाउने युवायुवतीसम्म, सबै एकएक गर्दै आफ्ना अनुभव सुनाउन थाले । कोही भन्थे, “हामी तपाईंका प्रतिस्पर्धीलाई चिन्दैनौं।” कोही डा। शर्माले गरेका मानवीय कामहरूका सूची सुनाउन व्यस्त थिए। त्यत्तिकैमा एकजना गाउँका अगुवाले अगाडि सर्दै भने, “हामीले मात्रै चिन्ने हो र ? सुनीलले गरेका सत्कर्मले उहाँलाई नेपालभर चिनाएको छ । पहिले पनि जिताएकै हो, यसपालि त झन् ढुक्क भएर जानोस् ।”

डा. शर्मालाई पछ्याउनेहरूको लाम लामो थियो । कसैसँग उनीबाट पाएका सहयोगको कथा थियो, कसैसँग अबका अपेक्षाहरू । आमा, दिदी, बहिनीहरू सुनीललाई आशिर्वाद दिँदै थिए, “चुनावका बेलामा मात्रै आएर हुँदैन नि, हामीलाई त सधैं आफूले चुनेका मान्छेको साथ चाहिन्छ ।”

“सुनीललाई चिन्छौं, गणेशलाई चिन्दैनौं”—यो वाक्य बारम्बार दोहोरिन थाल्यो । कतिपय त भावुक हुँदै भन्थे, “हामी उहाँलाई यसपालि सांसद मात्रै होइन, प्रधानमन्त्री नै बनेको देख्न चाहन्छौं ।”

स्पष्ट विचार राख्ने, खुलेर बोल्ने डा. सुनील शर्माले पनि त्यहाँ आफ्ना मनभित्र खेलेका कुरा लुकाउन सकेनन् । उनले स्वीकारे, “मलाई यहाँ आउँदा पथरी शनिश्चरे वडा नम्बर–४ मा मेरो मत कमजोर होला कि भन्ने डर लागेको थियो । तर तपाईंहरू सबैसँग भेटेपछि निकै भावुक भएँ । तपाईंहरूको माया, विश्वास र अपनत्वले मलाई झनै जिम्मेवार बनाएको छ ।”

स्थानीयहरूको एउटै भनाइ थियो—“छिमेकी भनेर पनि भएन, जसले काम गर्छ उसैलाई भोट दिने हो । हाम्रालाई होइन, राम्रालाई जिताउने हो ।” कसैले आफ्नो पारिवारिक इतिहास सुनाए—“बाबु–बाजे अर्कै पार्टीका थिए, आमा अर्कै पार्टीकी । हामीले पनि पहिले अर्कैलाई भोट हालेका हौं । तर सुनीलले गरेको काम देखेपछि उहाँको पछि लागेका हौं ।”

सुनीलले स्थानीय बाटो बनाउने आश्वासन मात्रै होइन, बाटो बनाउन मन्त्रीकहाँसम्म पहल गरेको प्रसंग सुनाउन भ्याए । स्थानीयले आफूहरू बिरामी पर्दा घरमै आएर अस्पताल पु¥याएको सम्झना सुनाउन थाले । यी सबै सुविधा चुनावका बेलाका नारा मात्र थिएनन् । २०७४ मा चुनाव हारेपछि पनि सुनीलले सुरु गरेका यी सेवा रोकिएका थिएनन् । जित्दा होस् वा हार्दा, जनतासँगको सम्बन्ध उनले कहिल्यै तोडेका थिएनन् । हार्दा जोगाएको विश्वास, जित्दा झनै उचाइमा पु¥याएको स्थानीयहरूको अनुभूति थियो ।

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–४ का जनतासँग भेटिसकेपछि डा। सुनील शर्माको मनमा गढेको द्विविधा पूर्ण रूपमा हट्यो । विदा हुँदै उनले भने, “यहाँ थोरै मत आउँछ कि भन्ने डर थियो । तर अब लाग्दैछ— झन् धेरै मत पो आउने भयो ।” सायद यही हो राजनीति । जहाँ प्रतिद्वन्द्वीको वडामा पनि कामले प्रशंसा पाउँछ, जहाँ नाराभन्दा सेवा बोल्छ । त्यसैले त यहाँका मतदाता स्पष्ट भन्दैछन्— ‘यसपालि पनि कुराभन्दा काम गर्नेलाई भोट ।’

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?