National life
cg eloctronics

सर्वस्व गुमाएका बाढीपीडितलाई केएमसीको साथ, शिविरमै पाए उपचार र औषधि

सुनील शर्माको केएमसीले बन्यो बाढीपीडितको सहारा, चाउचाउ बेचेर औषधि किन्ने सुरेशले पाए निःशुल्क औषधि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१९ भदौ २०८३, शुक्रबार
1.5kShares
सर्वस्व गुमाएका बाढीपीडितलाई केएमसीको साथ, शिविरमै पाए उपचार र औषधि
muktinatha bikash bank

काठमाडौं । राहतमा पाएको चाउचाउ बेचेर नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्दै आएका सुरेशकुमार कारञ्जितले काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरमा पुगेपछि आफूलाई आवश्यक औषधि निःशुल्क पाए। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले घरसम्पत्तिसहित सर्वस्व गुमाएपछि कारञ्जितसँग औषधि किन्ने पैसासमेत थिएन। बाढीपछि विभिन्न संघसंस्थाले दिएको राहतबाट खानेकुराको जोहो हुँदै आए पनि नियमित सेवन गर्नुपर्ने प्रेसरको औषधि किन्न उनलाई समस्या थियो। बाध्य भएर राहतमा पाएको चाउचाउ बेचेर त्यसबाट आएको पैसाले औषधि किन्ने गरेका कारञ्जितले केएमसीको शिविरमा चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएपछि आफूलाई आवश्यक पर्ने प्रेसरको औषधि निःशुल्क पाए।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा. सुनीलकुमार शर्माको पहलमा केएमसीले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर कारञ्जितजस्ता धेरै पीडितका लागि उपचारको पहुँचसँगै औषधिको अभाव टार्ने माध्यम बनेको छ। बाढीले घर, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका पीडितलाई खाद्यान्न तथा अन्य राहत सामग्री प्राप्त भए पनि नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि औषधिको अभाव गम्भीर समस्या बनेको थियो। विशेषगरी उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोग भएका वृद्धवृद्धा तथा अन्य बिरामी उपचार र औषधि दुवैको अभावमा समस्यामा परेका थिए।

everest bank

कतिपय ठाउँमा सामान्य औषधि उपलब्ध भए पनि आफूलाई चिकित्सकले सिफारिस गरेको औषधि नपाउने समस्या थियो। केएमसीले भने विशेषज्ञ चिकित्सकसहित प्रभावित क्षेत्रमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूको रोग र अवस्थाअनुसार आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराएको छ।

शिविरमा वृद्धवृद्धा, महिला, सुत्केरी, बालबालिका तथा दीर्घरोगी लगायत बाढीबाट प्रभावित नागरिकले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्। उपचारका लागि टाढाको स्वास्थ्य संस्था पुग्न कठिन अवस्थामा रहेका पीडितका लागि विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमै पुगेर सेवा दिन थालेपछि उनीहरूलाई ठूलो राहत मिलेको छ। सर्वस्व गुमाएका पीडितका लागि उपचार खर्च जुटाउनु मात्र होइन, दैनिक सेवन गर्नुपर्ने औषधि किन्नु पनि चुनौती बनेको थियो। कारञ्जितको अवस्था त्यसको एउटा उदाहरण हो। पेट भर्न राहतको चाउचाउ पाएका उनले त्यही चाउचाउ बेचेर जीवन जोगाउन आवश्यक औषधि किन्नुपर्ने अवस्था भोगिरहेका थिए। केएमसीको शिविरमा आएपछि भने उनले उपचारसँगै आफूलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क पाए। कारञ्जितजस्तै अन्य धेरै बिरामीले पनि चिकित्सकको परामर्शअनुसार आवश्यक औषधि निःशुल्क पाएपछि बाढीको पीडाबीच स्वास्थ्य उपचारको चिन्ता केही कम भएको बताएका छन्।

बाढीपीडितका लागि राहतको अर्थ खाद्यान्न र बस्ने ठाउँमा मात्र सीमित हुँदैन। नियमित औषधि सेवन गर्नुपर्ने बिरामीका लागि समयमै औषधि पाउनु पनि जीवन जोगाउने महत्वपूर्ण आधार हो। सुनील शर्माको पहलमा केएमसीले सञ्चालन गरेको शिविरले यही आवश्यकतालाई सम्बोधन गर्दै उपचारसँगै औषधि उपलब्ध गराएपछि बाढीपीडितका लागि ठूलो मानवीय सहारा बनेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?