काठमाडौं। नेपाली चलचित्र उद्योगमा ‘लेडी हिरो’ को पहिचान बनाएकी नायिका रेखा थापा केवल पर्दाको साहसी पात्र मात्र होइनन् । उनी वास्तविक जीवनमा पनि आफूलाई लागेको कुरा निडरतापूर्वक बोल्ने, सही ठानेको पक्षमा खुला
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा रेखा थापा मोरङ क्षेत्र नम्बर तीनबाट उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएकी थिइन् । उनी आफैँ प्रतिस्पर्धीका रूपमा उभिँदा पनि उनले राजनीतिलाई व्यक्तिगत द्वेष वा आक्रोशको अखाडा बनाइनन् । उक्त निर्वाचनमा उनले १० हजार ९ सय ९थ मत प्राप्त गरिन् । तर त्यो चुनावको केन्द्रमा अर्का पात्र थिए—नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डाक्टर सुनील कुमार शर्मा । शर्माले त्यही निर्वाचनमा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई झण्डै २३ हजार मतान्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरे । त्यो जित केवल मतको अन्तर मात्र थिएन, जनतासँगको सम्बन्ध, निरन्तर सेवा र उपस्थितिको परिणाम थियो ।तर राजनीति सधैँ एउटै ढाँचामा अघि बढ्दैन ।
समय फेरिन्छ, परिस्थिति बदलिन्छ र मानिसका भूमिका पनि पुनःपरिभाषित हुन्छन् । यसपटक मोरङ क्षेत्र नम्बर तीनको चुनावी माहोल अघिल्लो पटकभन्दा बिल्कुलै फरक देखिएको छ । किनभने अघिल्लो निर्वाचनमा प्रतिस्पर्धी बनेकी उनै रेखा थापा यसपटक खुलेर डाक्टर सुनील शर्माको समर्थनमा उभिएकी छिन् । केवल समर्थन मात्र होइन, उनले आफ्ना सम्पूर्ण मतदाता, शुभचिन्तक र फ्यानहरूलाई समेत डाक्टर शर्मालाई मतदान गरेर जिताउन आग्रह गरेकी छन् । यो समर्थन सामान्य
राजनीतिक बयान मात्र होइन, नेपाली राजनीतिमा विरलै देखिने नैतिक साहस र परिपक्व सोचको अभिव्यक्ति हो ।
मातृत्वको भावुक अभिव्यक्ति मात्र होइन, जिम्मेवार निर्णयको संकेत पनि हो । तर उनी यस पटक
रेखा थापा राजनीतिक समर्थनलाई दल, विचारधारा वा झण्डाभन्दा माथि राख्छिन् । उनको भनाइ छ—यदि आफ्नो निर्वाचन क्षेत्रमा विपक्षी दलका जनप्रतिनिधिले पनि असाèयै राम्रो काम गरिरहेका छन्, आपत् परेको बेला आफ्ना समर्थकहरूलाई समेत सहयोग गरिरहेका छन् भने छातीमा हात राखेर त्यस्तोलाई समर्थन गर्न सक्नुपर्छ । यही सोचले उनलाई डाक्टर सुनील शर्माको पक्षमा निर्भीक रूपमा उभ्याएको हो । उनको अनुभवमा डाक्टर शर्मा केवल सांसद मात्रै थिएनन्। स्थानीय जनताका लागि अभिभावकजस्तै थिए र छन् ।
स्वास्थ्य होस् वा शिक्षा, जुनसुकै समस्या लिएर जाँदा पनि पार्टी, विचारधारा केही नसोधी निःशुल्क सहयोग गर्ने व्यक्तित्व उनले सुनीलमा देखेकी छन् । आफ्ना भोटर वा समर्थकले फोन गरेर सुनाएका समस्या उनी जब शर्मासमक्ष पु¥याउँछिन्, समाधानको ढोका सधैँ खुला पाएकी छन् । उपचार, पढाइ, अन्य आवश्यक सहयोग—यी सबै काम शर्माले सहज रूपमा गरिदिएको अनुभव रेखाको छ । यही कारण उनी प्रश्न गर्छिन्—हामीलाई चाहिएको जनप्रतिनिधि यस्तै होइन र ? रेखाका लागि डाक्टर सुनील शर्मा केवल राजनीतिक पात्र मात्र होइनन् । शर्मामा उनले अभिभावकत्व देखेकी छन् । त्यसैले उनले खुलेर विजयका लागि शुभकामना दिएकी हुन्।
मोरङ क्षेत्र नम्बर तीनले पाएको जस्तो जनप्रतिनिधि देशका हरेक क्षेत्रले पाओस् भन्ने उनको कामना छ । यदि
उनको विश्वासको आधार पनि बलियो छ । किनकि डाक्टर शर्माले आफ्ना मतदाता मात्र होइन, छरछिमेक र आफन्तको समस्या पर्दा पनि खुलेर सहयोग गरेको जनताले देखिरहेका छन् । विकास निर्माणका सवालमा पनि उनी उत्तिकै सक्रिय छन् । विश्वविद्यालयमा वर्षौंसम्म हुन नसकेका कामहरू सुनीलकै कार्यकालमा भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयमा ३० वर्षदेखि सुरु हुन नसकेको मेडिकल कलेज उहाँले स्थापना गरेरै छोड्नुभयो । आफूले उठाएका सुकुम्बासीका मुद्दामा पनि शर्माले ठोस काम गरिरहेको अनुभव रेखाको छ ।
विगत ४० वर्षदेखि त्यत्तिकै थाँती रहेको सुकुम्बासी समस्या समाधानमा डाक्टर सुनील शर्माको योगदान स्मरणीय रह्यो । उनकै पहलमा जमिन नापी गराएर सम्पूर्णलाई निस्सा उपलब्ध गराइसकिएको छ भने पाँच सयभन्दा बढीलाई धनीपूर्जा समेत उपलब्धगराइसकिएको छ ।
यहाँ बुझ्नुपर्ने विषय के छ भने नापी भएर निस्सा प्राप्त गर्नु भनेको धनी पूर्जा पाउनका लागि ९० प्रतिशत काम पूरा हुनु हो । त्यसैले हार्दा पनि निरन्तर काम गर्ने, जित्दा पनि उस्तै सक्रिय रहने नेतृत्व नै साँचो जनप्रतिनिधि भएको उनको निष्कर्ष छ । रेखा स्वयं अघिल्लो निर्वाचनमा पराजित भइन् । हारेपछि गाउँ नआएको आरोप पनि लाग्यो उनलाई । तर उनी त्यहाँका समस्याबाट टाढा थिइनन् । ती सबै काम डाक्टर सुनील शर्मामार्फत निरन्तर गराइरहेकी थिइन् । स्थानीय माटो, समस्या र जनताको मन बुझेको प्रतिनिधि भएकाले उनलाई शर्मामार्फत काम गराउन सहज भयो । त्यसैले उनी भावुक हुँदै भन्छिन्—मोेरङ क्षेत्र नम्बर तीनका जनताका लागि सुनील दाइ भगवान् नै हुन् । उनका लागि उनी दाइ, अभिभावक र त्यसभन्दा पनि ठूलो कुरा असल जनप्रतिनिधि हुन् ।
यस्ता व्यक्तिहरू देशको प्रमुख कार्यकारी भूमिकामा पुग्नुपर्छ । किनकि डाक्टर शर्माले आफ्नो निर्वाचन क्षेत्र मात्र होइन, सुदूर कर्णालीदेखि मधेश र विकट गाउँका समस्या लिएर आउनेहरूलाई पनि उत्तिकै सहयोग गरेका छन् । यही व्यापक सेवाभावले उनलाई महान् बनाएको रेखाको ठम्याइ छ । त्यसैले रेखा थापाको समर्थन कुनै क्षणिक राजनीतिक समीकरण होइन, अनुभव, मूल्य र विवेकबाट जन्मिएको एउटा परिपक्व निर्णय हो ।
अघिल्लो पटक ठूलो मतान्तरले विजयी भएका डाक्टर सुनील शर्माले यसपटक आफ्नै पूर्व प्रतिस्पर्धीको यस्तो खुलेआम समर्थन पाएपछि मोरङ क्षेत्र नम्बर तीनको चुनावी माहोल थप तातिएको छ र उनले पाउने मतान्तर कति ठूलो हुनेछ भन्ने विषय अहिले चर्चाको केन्द्रमा छ । तर त्योभन्दा पनि ठूलो कुरा, यो समर्थनले नेपाली राजनीतिमा नैतिकता, परिपक्वता र सकारात्मक राजनीतिबारे गहिरो बहस र आशा दुवै जन्माएको छ ।


































