काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओमा आवेदन दिएकामध्ये २ लाख ७ हजार ५ सय २३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ५ जनाले भने ११ कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीको आईपीओ आज बिहान बाँडफाँड भएको हो ।
यसरी सदर आवेदकमध्ये बाँकी ९ लाख ४९ हजार ३९८ जनाको हात भने खालि भएको छ । कम्पनीले गत कात्तिक १६ देखि कात्तिक२० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो।
स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन भएको थियो।
आईपीओको नतिजा यसरी हेर्नुहोस्
नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ ।
जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/share-allotment , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
साथै, मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।


































