National life

गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न-तपाईँ गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
437Shares
गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न-तपाईँ गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?
ncell

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको जग्गाबारे गृहमन्त्री रवि लामिछानेले बोल्नसमेत नसक्ने बताएको छ ।

आज बिहीबारका दिन संसद बैठकमा पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यसमेत विश्वप्रकाश शर्माले गिरीबन्धुको फाइल खोल्न तयार हो रु भन्दै प्रश्न गरेका छन्।

सर्वोच्च अदालतले गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको निष्कर्षसहितको पूर्णपाठ सार्वजनिक भएको भन्दै महामन्त्री शर्माले उपप्रधानमन्त्री समेत रहेका लामिछानेले बोल्न समेत नसक्ने दाबी गरेका छन् ।

‘सत्ता गठबन्धनको सबैभन्दा ठुलो दलको नेताले कांग्रेसले बेचेर ७० बिगा कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न तपाईँ गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न,’ उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?