काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाबारे संसदमा प्रश्न उठाएको छ।
प्रतिनिधि सभा सांसद हरि ढकालले आइतबारको आकस्मिक समयमा बोल्दै अहिले बनेको नयाँ सत्ता गठबन्धनको उद्देश्य अनुसार केसीको सरुवा गरिएको बताए।
‘एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो रु विश्वासको मत लिएको दुई दिनभित्रमा गरियो। किन, के का लागि, हामीले यो गठबन्धन कुन उद्देश्यका लागि बनेको छ भनेका थियौँ, त्यही उद्देश्यका लागि सरुवा गरिएको छ,’ ढकालले भने
‘हामीलाई यो सरकारका उद्देश्य थाहा थियो।
अहिले देखिन थालेको छ। अनुसन्धानका वरिपरि रहेका र गरिनुपर्नेलाई मन्त्री पद दिएर पुरस्कृत गरियो,’ उनले भने, ‘गुण्डा नाइके, फिरौती, मानव बेचबिखनको आरोप लागेका मान्छेलाई प्रादेशिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।’





































