National life

लघुवित्त र सहकारीको समस्या निराकरण गर्न सरकार तत्पर छ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
549Shares
लघुवित्त र सहकारीको समस्या निराकरण गर्न सरकार तत्पर छ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित हुँदै सरकारले काम गरिरहेको बताए ।

मङ्गलवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको भेटवार्ताका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गतिशील बनाउनु सरकारको मूल ध्येय रहेको बताएका छन् ।

‘अहिले माग घटेको अवस्था छ, माग नबढ्दा निजी क्षेत्रले उत्पादन बढाउन सकेको छैन,’ उनले भने, ‘विगतमा अनुकूल अवस्थामा उद्योगी व्यवसायीले लगानी बढाए, उनीहरूको एक खालको प्रक्षेपण थियो, नाफा कमाउँछु, कर तिर्छु भनेर अगाडि बढे तर लगातार माग घट्दा साँवा ब्याजसमेत तिर्न नसक्ने जोखिम भयो ।’

व्यापार व्यवसाय खस्किएकै कारण लामो समयदेखि समस्यामा परेका उद्योगी व्यवसायीको मनोबललाई उच्च पार्ने गरी सरकारले आफ्ना गतिविधि अघि बढाउने मन्त्री पौडेलले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले लघुवित्त र सहकारीमा गम्भीर समस्या देखिएकाले त्यसलाई निराकरण र व्यवस्थापन पनि जरुरी रहेको समेत  औंल्याएका छन् ।

फरक प्रसंगमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारेका हुन्। ‘सरकारका नीति र वित्त नीतिको स्पिरिट अनुसार मौद्रिक नीति ल्याउनेमा केन्द्रीय बैंक सदैव सचेत रहन्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने, ‘सरकारको लक्ष्यअनुसार नै मौद्रिक नीति आउने भएकाले हस्तक्षेप गर्नै  नपर्ने उनको भनाई छ ।

अहिले अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको र केही नकारात्मक रहेको उनले बताए । ‘नकारात्मक सूचकलाई सकारात्मक बनाउन र उत्पादन तथा उत्पादकत्व बढाउन बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताको उच्च उपयोग गर्ने सरकारको तयारी छ,’ अर्थमन्त्री पौडेलले भने ।

साथै अहिले राजस्व परिचालन पनि चुनौतीपूर्ण देखिएको उनको भनाइ छ । ‘लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेको छैन,’ उनले भने, ‘राजस्व भनेको उत्पादन, उत्पादकत्व र निजी क्षेत्रको मनोबलसँग जोडिएको कुरा हो, सरकारले गर्नुपर्ने धेरै काम छन्, हामी सचेततापूर्वक अघि बढ्छौँ ।’

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?