National life

धुलो र हिलो रहित सडक निर्माण सरकारको उच्च प्राथमिकता छ : मन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
1.3kShares
धुलो र हिलो रहित सडक निर्माण सरकारको उच्च प्राथमिकता छ : मन्त्री पौडेल
ncell

काठमाडौँ  । सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री  पौडेलले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रूपमा सार्थक तुल्याउने काममा सरकार लागेको दाबी गरेका छन् ।

उपप्रधानमन्त्री पौडेलले भने, हामीले त्यसलाई स्तरोन्नति गर्दछौँ। झापाको काँकडभित्तादेखि कञ्चनपुरसम्म हामीले सडक स्तरोन्नति गर्दछौँ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विभिन्न ठाउँमा काम सुरु भइरहेको छ। हामीले हुलाकी सडक, लामो समयदेखि प्रतीक्षा गरिएको सडक, निर्माण गरिरहेका छौँ। हामीले मध्य पहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग निर्माण गर्दछौँ। सहरी पूर्वाधारहरूमा पनि हाम्रो त्यत्तिकै ध्यान गएको छ।ु

उनले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताए। उनले सरकारले पूर्व–पश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्य पहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी दिए । आवश्यक परेका ठाउँमा नीतिहरू संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताए ।

उपप्रधानमन्त्री पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताउनुभयो। तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?