National life

ल्यापटपमा लगाइएको अन्त शुल्कबारे पुनर्विचार गर्न क्यान महासंघको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
620Shares
ल्यापटपमा लगाइएको अन्त शुल्कबारे पुनर्विचार गर्न क्यान महासंघको आग्रह
ncell

काठमाडौं । सरकारलाई आर्थिक वर्ष २०८१-८२ को प्रस्तुत बजेटमा ल्यापटपमाथि लगाइएको अन्तशुल्कमाथि पुनःविचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आग्रह गरेको छ।

मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो ।

उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए। ‘मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको छ, उनले भने, 'सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी अन्तस्शुल्क लगाइएकाले हामी सरकारको ध्यानाकर्षण गराउँछौं ।,

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगामी आवका लागि सरकारले सूचना प्रविधि क्षेत्र लक्षित राम्रा कार्यक्रम ल्याइरहँदा ल्यापटपमा अन्तस्शुल्क बढाउनुले गलत सन्देश दिएको पोदारको भनाइ छ । 'ल्यापटपको मूल्य एक लाख रुपैयाँ छ भने १३ हजार त भ्याट लाग्छ, अब पाँच प्रतिशत अन्तस् शुल्क लाग्ने भएपछि एक हजार १८ रुपैयाँ पुग्छ, अध्यक्ष पोदारलाई उदृत गर्दै क्यान महासंघको विज्ञप्तिमा भनिएको छ, यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने देखिन्छ । साथै यसले ल्यापटपको ग्रे मार्केटलाइ बढावा दिने भएकाले बजार अव्यवस्थित हुने उनको तर्क छ ।

सस्तोमा पाइने भएकाले ग्रे मार्केटमा ल्यापटप छ्यासछ्यास्ती पाइन थाल्ने र यसले गर्दा ग्रे मार्केट अझ फस्टाउने पोदारको दाबी छ । सरकारको उक्त कदमले आधिकारिक वितरकहरूलाई पनि दुरुत्साहित गरेकाले यसमा पुनस्विचार गर्न जरुरी रहेको उनले बताएका छन् । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले पनि सरकारको यो कदमले शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थ, आईटी, अस्पताल लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पर्ने धारणा राखे ।

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?