National life

सरकार जनताको सेवामा हैन माफियाको सेवामा तल्लीन छ: प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
550Shares
सरकार जनताको सेवामा हैन माफियाको सेवामा तल्लीन छ: प्रचण्ड
ncell

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण तरिकाले गलत दिशामा अग्रसर रहेको टिप्पणी गरेका छन्।

आज मङ्गलवारको प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले झन्डै दुई महिनाको सरकारको मूल्यांकन सुनाउँदै वर्तमान सरकारको आलोचना गरेका छन् । अध्यक्ष प्रचण्डले सरकार माफियाको सेवामा तल्लीन रहेको आरोपसमेत लगाए।

सरकार अहंकारपूर्ण तर गलत दिशामा अग्रसर छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुई तिहाइ सङ्ख्याको उन्मादमा शक्तिको दुरुपयोगतर्फ अग्रसर छ’, उनले भने, ‘जनताको सेवाभन्दा माफियाको सेवामा अग्रसर छ। अब पनि खबरदारी नगरे धेरै ढिला हुन्छ भनेर म आज खबरदारी गर्न रोष्ट्रममा उपस्थित भएको छु।’

लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोष्टममा उभिनुभयो । कडा रूपमा उभिनुभयो । तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिङ्गो देश स्तब्ध भयो ।’  यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरू र आफ्नाहरू जोगाउन र जोगिन बनेको उल्लेख गर्दै उनले भने – ‘तैपनि मलाई लागेको थियो, कम्तीमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउति अलमल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला । तर, यहाँ पनि दुई तिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन ।’

भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवालाई गम्भीर घटनाको रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले सोध्नुभयो– ‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसबारी, बाल मन्दिर लगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो । नयाँ सरकार आयो र के ग¥यो रु हिजो ती काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु ग¥यो । यसरी हुन्छ दुई तिहाइको सुशासन ? ’

यो सरकारलाइृ लाज लाग्नुपर्ने हो, जहाँ बेहाल छ त्यहाँ आखाँ नजाने जहाँ प्रगति भएको छ त्यहाँ दाह गर्ने यो सरकारको हालत के हो उनले पटक पटक प्रश्न उठाएका छन् । सरकार जनताको पक्षमा नभएर माफियाको पक्षमा रहेको उनको आरोप छ ।

प्रचण्डले भने, ‘जनताभन्दा स्वार्थी समूह अझै माफियाहरूको सेवा अग्रसर छ । त्यसैले अब रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो भन्ने चिन्ताले म बोल्दै छु ।’ उनले प्रतिपक्ष कमजोर नभएको भन्दै सत्तादेखि सडकसम्म उत्रिन सक्ने चेतावनी दिए । सरकारको जगमा विश्वास नभई डरले बनेको प्रचण्डले दाबी गरे ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?