National life

काठमाडौंमा बंगलादेशीलाई बन्धक बनाएर लाखौँ फिरौती असुल्ने ७ जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
487Shares
काठमाडौंमा बंगलादेशीलाई बन्धक बनाएर लाखौँ फिरौती असुल्ने ७ जना पक्राउ
ncell

काठमाडौँ । मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउन भन्दै बंगलादेशी नागरिकहरुलाई बन्धक बनाएर फिरौती असुलेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। उक्त प्रकरणमा संलग्न भएको अभियोगमा ५ जना बंगलादेशी र २ जना नेपालीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले ती देशहरुमा राम्रो काम पाइन्छ, धेरै पैसा कमाई हुन्छ भनेर प्रलोभनमा पार्दै गत असार २८ गते बंगलादेशी नागरिक राजोन, फर्हाद हुसेनलाई असार २८ गते ल्याएर बन्धक बनाएको खुलेको छ।

दुवैजनालाई नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा लगेर १० लाख बंगलादेशी टाका रकममा पोल्यान्ड पठाइदिने आश्वासन गिरोहले दिएको थियो।

Royal Enfield
nic asia capital

उनीहरुले उक्त रकम दिन नमानेपछि यो गिरोहले ह्वाट्स एपमार्फत बंगलादेशस्थित उनीहरुका परिवारलाई फोन गरेर तत्काल पठाउने भए १० लाख टाका पठाउनु, होइन भने जे पनि गर्छौँ भनेर धम्की दिएको खुलेको छ।

रकम नआएपछि उनीहरुले ती बंगलादेशीहरुलाई कुपटि गरेको, हप्काएको र यातना दिएको भिडिओ पठाएर धम्की दिएको महानगरी प्रहरी अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

परिवारले १० लाख टाँका पठाइसकेपछि फेरि यो गिरोहले ती दुई बंगलादेशीको परिवारसँग २० लाख टाँकाका लागि बार्गेनिङ गरेका थिए।

उनीहरुले आफन्तलाई मारिदिने भन्दै धम्की दिएपछि अर्का बंगलादेशी नागरिक अबु बक सिद्धिकीले काठमाडौंस्थित पर्यटक प्रहरी हुँदै अपराध अनुसन्धान कार्यालयमा उजुरी दर्ता गराएका थिए।

उनीहरुले विदेश पठाउन प्रक्रियाका लागि केही रकम लाग्ने भन्दै सुरुमा बंगलादेशमै ५० हजारदेखि १० लाख टाकासम्म लिएको पनि खुलेको छ।

यो गिरोहमा नेपाल र बंगलादेशका नागरिक संलग्न थिए। उनीहरुमध्ये बंगलादेशको एजेन्टले नेपालको विमानस्थलमा लिन आउने मानिसबारे पीडितहरुलाई फोटोसहितको विवरण उतै दिने गरेको पनि पत्ता लागेको छ।

यो गिरोहले बंगलादेशबाट त्यसरी आएका मानिसहरुलाई विदेशक प्रक्रियाका लागि केही समय लाग्छ भनी ८-१० दिनमा होटल फेरेर राख्ने गरेका प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरुले पीडितहरुलाई सेफ हाउसमा लगेर मोबाइल, पासपोर्ट, साथमा भएको पैसा लगायत कुरा नियन्त्रणमा लिई कुटपिट गरी यातना दिएको भिडिओ बनाउने गरेका थिए।

त्यसपछि सामाजिक सञ्जालबाट भिडिओ कल गरी यातना दिएको दृश्यहरु देखाएर परिवारसँग भनेजति रकम नदिए ज्यानै लिने धम्की दिँदै मोटो रकम असुल्ने गरेको पाइएको छ। त्यसरी लिने रकम उनीहरुकै मानिसहरुको बंगलादेशमा रहेको खातामा तथा नगदै लिने गरेको पनि खुलेको छ।

उनीहरुले सुरुसुरुमा नेपालको ब्युटी पार्लरमा काम सिक्ने र राम्रो भए मलेसिया लगायतका देशहरुमा पठाइदिने भन्दै बोलाउने गरेका थिए।

उनीहरुले नेपालमा ब्युटी पार्लरको काम भनी मसाज सेन्टर (स्पा) मा जबरजस्ती काममा लगाउने, ग्राहकहरुको चाहनाअनुसार यौनकार्यसमेत गर्नुपर्छ भनी धम्काउने गरेको अनुसन्धानबाट खुलेको छ।

यी आरोपीहरुले भारतको आधारकार्ड तथा नेपालको नागरिकता समेत लिने गरेको पाइएको छ।

नेपाली महिलाहरुसँग लिभिङ टुगेदरमा बस्ने बस्ने तथा विवाह गरेको भनी ती महिलाहरुको नाममा बैंकमा खाता खोली पैसाको कारोबार गर्ने, जग्गा जमिन तथा सम्पत्ति खरिद गर्ने र कभरका रुपमा विभिन्न पेशा तथा व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको खुलेको छ।

२ जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा थप ६ जना सहित ८ जना को सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा इलामो चुलाचुली गाउँपालिका-७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशीन राई छिन्।

त्यसैगरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली पनि पक्राउ परेकी छन्।

त्यस्तै बंगलादेशको ढाका मोभसिङ जिल्ला घर भई हाल काठमाडौंको कपुरधारा बस्ने ३४ वर्षीय जहाङ्गिर आलम पनि समातिएका छन्। बंगलादेशको ढाका सिलेट जिल्ला जनतापुर घर ई हाल काठमाडौंको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम पनि पक्राउ परेकी छन्।

बंगलादेशको गाजीपुर जिल्ला घर भई अहिले काठमाडौंको कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर हुसेनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

त्सैगरी बंगलादेशको बरिसाल घर भई हाल ललितुरको हरिसिद्धि बस्ने ३७ वर्षीय मोहम्मद मोसिह्युर रहमानलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
487SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?