National life

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
577Shares
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक शेयर लिलामी भर्ने आज (कात्तिक २० गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले कात्तिक १६ गतेदेखि विशाल गु्रपको स्वामित्वमा रहेको शेयर लिलामी बिक्री खुला गरेको छ । यसमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्थाले पनि आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसमा न्यूनतम २७७ रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी दिनुपर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
577SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?