National life

बाढीबाट प्रभावित जलविद्युत् कम्पनीको सेयर कारोबार नियाल्दै सेबोन

लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता र धितोपत्र कारोबारलाई व्यवस्थित बनाउन बोर्डले यस्तो निर्देशन दिएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1.8kShares
बाढीबाट प्रभावित जलविद्युत् कम्पनीको सेयर कारोबार नियाल्दै सेबोन
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालैको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको धितोपत्र कारोबारमा विशेष निगरानी राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

त्रिशूली तथा भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा बाढीबाट क्षति पुगेपछि लगानीकर्ताको हित संरक्षण, बजार पारदर्शिता र धितोपत्र कारोबारलाई व्यवस्थित बनाउन बोर्डले यस्तो निर्देशन दिएको हो।

सेबोनले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तयार गरी तत्काल उपलब्ध गराउन सम्बन्धित निकायलाई भनेको छ। प्रभावित कम्पनीका आयोजना, सम्पत्ति, उत्पादन, वित्तीय अवस्था तथा व्यवसायमा परेको असरसम्बन्धी विवरण संकलन गरी आधिकारिक माध्यम तथा सूचना प्रणालीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोर्डका अनुसार प्रभावित कम्पनीले आयोजनाको नाम र स्थान, विपद् आएको मिति तथा प्रकृति, प्रारम्भिक भौतिक क्षति, विद्युत् उत्पादनमा परेको प्रभाव र उत्पादन क्षमता घटेको विवरण सार्वजनिक गर्नुपर्नेछ। साथै, मानवीय क्षति तथा प्रसारण र वितरण पूर्वाधारमा परेको असरसम्बन्धी जानकारीसमेत खुलाउनुपर्नेछ।

यसैगरी, आयोजना बीमित भए वा नभएको अवस्था, बीमा कम्पनीमा दाबी गरिएको वा नगरिएको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, आयोजना पुनःसञ्चालन हुन सक्ने अनुमानित समय तथा बैंक ऋण र ऋण तिर्ने क्षमतामा पर्न सक्ने सम्भावित असरसमेत सार्वजनिक गर्नुपर्नेछ। कम्पनी व्यवस्थापनले तत्काल चालेका कदमबारे पनि जानकारी दिनुपर्ने बोर्डले जनाएको छ।

सेबोनले प्रभावित कम्पनीको धितोपत्र कारोबारमा अस्वाभाविक मूल्य परिवर्तन, असामान्य कारोबार परिमाण, अस्वाभाविक खरिद–बिक्री आदेश तथा महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि भएका असामान्य कारोबारमाथि निरन्तर निगरानी राख्न निर्देशन दिएको छ।

बजारको निष्पक्षता र पारदर्शितामा असर पार्न सक्ने अन्य गतिविधिमाथि समेत निगरानी बढाउन बोर्डले भनेको छ। प्राकृतिक विपद्, दुर्घटना, आगलागी, भूकम्पलगायत असाधारण घटनाबाट सूचीकृत कम्पनीमा पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असरलाई ध्यानमा राख्दै सूचना प्रवाह, कारोबार रोक्का तथा पुनःसञ्चालनसम्बन्धी कार्यविधि तयार गर्नसमेत निर्देशन दिइएको छ।

यस विषयमा भइरहेको कार्यप्रगति तथा धितोपत्र बजारमा देखिएका असामान्य गतिविधिसम्बन्धी विवरण नियमित रूपमा उपलब्ध गराउन पनि सेबोनले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?