काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ०२, स्थित रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.
ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।
सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.को तर्फबाट विक्री निर्देशक प्रदीप शर्मा पौडेलले हस्ताक्षर गरेका हुन्।






























