National life

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
603Shares
माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौता
ncell

काठमाडौं। माछापुच्छ्रे बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।

इक्यानमा आबद्ध व्यवसायी र इक्यानमा आवद्ध शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)बाट अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा र एजुकेशन लोन उपलब्ध गराउने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा इ–क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता पश्चात क्यान,झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, Swift payment मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?