National life

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
453Shares
हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट
ncell

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौँ, पोखरा, चितवनका लगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेस्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पाङ्ग्रे सवारी, कस्मेटिक, बुटिक, सैलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम, लगायत अन्य स्थानहरूमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन् ।

बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले विल लिनु भन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ग्राहकवर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंकको आधिकारीक वेबसाइटमा गई हेर्न सक्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?