National life

हिमालयन बैंकको खुद नाफामा २२.१५ प्रतिशतले वृद्धि, कस्तो छ अन्य वित्तीय अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
1.3kShares
हिमालयन बैंकको खुद नाफामा २२.१५ प्रतिशतले वृद्धि, कस्तो छ अन्य वित्तीय अवस्था ?
ncell

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो। बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १०.८६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८७ करोडबाट बढेर १० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब ८८ करोडबाट बढेर ५ अर्ब ४३ करोड पुगेको छ ।

साथै, बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ।

२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २७ पैसा बढेर ६ रुपैयाँ ९८ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?