काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । एक समारोहका बीच आज काठमाण्डौको कमलादीस्थित हिमालयन बैंकको कार्यालयमा बिहान ९ बजे एफपीओ बाँडफाँड भएको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार बैंकको एफपीओमा कुल १८ लाख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।
यसमध्ये ३ करोड ३३ लाख ८७ हजार ३४० कित्ता सेयर खरिदका लागि परेको १७ लाख ६ हजार ३११ आवेदन सदर भएको छ ।
जसमध्ये ९ लाख २५ हजार ४६ जनालाई हजार १० कित्ताका दरले ९२ लाख ५० हजार ४६० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी रहेको ९ कित्ता सेयर ९ जना १–१ कित्ता का दरले बाँडफाँड गरिएको छ ।
बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु।५७ प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।

































