काठमाडौं । शेयर बजारमा सफल लगानीकर्ता वा ट्रेडर बन्न कुन पक्ष बढी महत्वपूर्ण हुन्छ भन्ने विषयमा SMART Growth Ventures Pvt. Ltd. ले विशेष अनलाइन Class आयोजना गर्ने भएको छ ।
SMART Trader’s Meet Episode–07 अन्तर्गत आगामी आइतबार (२६ जुलाई) साँझ ६:३० बजे “Road to Trading Success: Fundamental, Technical & Mindset – Which Matters Most?” शीर्षकमा निःशुल्क Masterclass सञ्चालन हुने भएको हो ।
आयोजकका अनुसार धेरै लगानीकर्ताले राम्रो कम्पनी छनोट गरे पनि सही निर्णय, जोखिम व्यवस्थापन र अनुशासनको कमीका कारण अपेक्षित सफलता हासिल गर्न सकिरहेका हुँदैनन् । केहीले Fundamental Analysis, केहीले Technical Analysis मा मात्र जोड दिने गरे पनि दीर्घकालीन सफलताका लागि यी सबै पक्षको सही संयोजन आवश्यक रहेको बताइएको छ ।
कार्यक्रममा Fundamental Analysis, Technical Analysis र Trading Mindset बीचको सम्बन्ध, सही समयमा Entry तथा Exit गर्ने तरिका, जोखिम व्यवस्थापन, भावनात्मक नियन्त्रण र सफल ट्रेडर बन्न आवश्यक व्यावसायिक सोचबारे व्यवहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ ।
SMART Growth Ventures ले सञ्चालन गर्दै आएको SMART Trader’s Meet नेपाली शेयर बजारका लगानीकर्ता तथा ट्रेडरबीच लोकप्रिय बन्दै गएको छ । यसअन्तर्गत यसअघि Market Psychology, Technical Analysis, Risk Management र Trading Strategy सम्बन्धी विभिन्न एपिसोडहरू सञ्चालन भइसकेका छन् ।
यसअघिका एपिसोडहरूमा Why 90% of Traders Lose Money, How to Use MA and Win in Stock Market, RSI Masterclass, Read Charts Like PROS, Best Indicator for NEPSE तथा Price Action & Volume – The Ultimate Trading Edge जस्ता विषय समेटिएका थिए ।
कार्यक्रम SMART Growth Ventures Pvt. Ltd. को आयोजनामा तथा नेपालको पूँजीबजार सूचना तथा विश्लेषण प्लेटफर्म NEPSE Alpha को Official Supporting Partner सहयोगमा सञ्चालन हुनेछ ।
कार्यक्रमको Google Meet Link, YouTube Live Link तथा अन्य आधिकारिक जानकारी SMART Official WhatsApp Group मार्फत उपलब्ध गराइने आयोजकले जनाएको छ ।


































