काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य गिरावट भएको छ । नेप्से १.२० अंकले घट्दै २६८४.३३ बिन्दूमा पुगेको हो ।
आज ११७ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको हो भने ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
१ करोड १४ लाख ३ हजार ६ सय एक सेयर खरिद बिक्री हुँदा कारोबार भने ४ अर्ब ५४ करोड ७७ लाख ९५ हजार ८ सय ८७.५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज एभरेष्ट कलर लिमिटेडको सर्वाधिक सेयर मूल्य बढेको छ । एभरेष्ट कलरको १४.९९% ले सेयर मूल्य बढेको हो ।
यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको ११.७७%, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.१६%, श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको ४.१३%, सागर डिष्टिलरी लिमिटेडको ४.०९%, सानिमा ग्रोथ फण्डको ३.४८% र ग्रिन डेभलपमेन्ट बैंकको ३.४५% ले सेयर मूल्य वृद्धि भयो ।
यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सर्वाधिक सेयर मूल्य घटेको छ । स्पिनिङ्ग मिल्सको –७.४०%, सालपा विकास बैंक लिमिटेडको –४.३१% र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको –३.३६% ले सेयर मूल्य घट्यो ।




































